Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मान्छेमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

मान्छेमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १०:५०:११ बजे
  • 811
    SHARES
  • मान्छेमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

    वासिङटन । अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो ।

    images

    यस नयाँ उपलब्धीले प्रत्यारोपण प्रक्रियाका लागि आवश्यक मानव अङ्ग अभावको समस्या समाधानमा उल्लेखनीय मद्दत पुर्याउने अपेक्षा गरिएको छ । यो शल्यक्रिया न्युयोर्क सिटीस्थित एन.वाइ.यु लेनेगोन हेल्थमा गरिएको थियो । यसमा मानव शरीरले तुरुन्तै नकार्ने सुँगुरको टिस्युलाई हटाउन त्यसको जिन परिमार्जित गरिएको हो ।

    यसमा शल्यक्रिया गरिएकी व्यक्ति चाहिँ केही समय अगाडि नै ‘ब्रेन डेड’ घोषणा गरिएकी थिइन् जसको मिर्गौलाले काम नगरेको लक्षण देखिन्थ्यो । त्यसैले उनका परिवारसँग अनुमति मागेर उनलाई लाइफ–सपोर्टबाट हटाउनु अगाडि यो परीक्षण गरिएको अध्ययनकर्ताहरुले रोयटर्ससँग बताएका छन् ।

    यसमा तीन दिनसम्म नयाँ मिर्गौला उनको रक्तनलीसँग जोडिएर रहेको र बाहिरी शरीरमा पनि कायम रहेको बताइएको छ । प्रत्यारोपण गरेका सर्जन, डाक्टर रोबर्ट मोन्टगोमेरी भन्छन्, “परीक्षणको नतिजामा सो मिर्गौलाले सामान्य जसरी काम गरेको देखियो । मान्छेबाट प्रत्यारोपण गरिने मिर्गौलाबाट अपेक्षा गरिने जति नै पिशाब यसले उत्पादन गर्यो ।”

    ती व्यक्तिमा प्रत्यारोपण भन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो जुन कमजोर मिर्गौलाको संकेत हो । तर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने सो स्तर सामान्यमा फर्किएको मोन्टगोमेरीले बताए । 

    अमेरिकामा मात्र हाल १ लाख ७ हजार बढी बिरामीहरु अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ । त्यसैले पनि वैज्ञानिकहरु जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर हरेकपटक जनावरको अङ्ग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो ।

    यसैको समाधानका लागि मोन्टगोमेरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरि हटाउने सिद्धान्तमा काम गरिरहेका थिए । ‘गलसेफ’ नाम दिइएको सो परिमार्जित जिन युनाइटेड थेरापेउटिक्स कोप्र्स रिभिभिकोर युनिटले निर्माण गरेको थियो ।

    यसपछि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले यसलाई डिसेम्बर २०२० मा मासुको एलर्जी हुने मानिसहरुले प्रयोग गर्न सक्ने भनेर स्वीकृत गरेको थियो । सुँगुरबाट विकसित औषधि उत्पादन मान्छेमा प्रयोग गर्नका लागि एफडीएको विशेष अनुमति आवश्यक पर्दछ । यस्तोमा अहिले वैज्ञानिकहरु गलसेफ सुँगुर मानव बिरामीका लागि मुटुको भल्फदेखि छालासम्मको श्रोत बन्न सक्नेबारे विचार विश्लेषण गरिरहेका छन् ।

    यो नयाँ उपलब्धीले आगामी दुई तीन वर्षमै अन्तिम स्टेजमा रहेका मिर्गौला फेल हुने बिरामीका लागि सम्भावित नयाँ उपचार विधिको बाटो खुलाउन सक्ने बताए ।

    गम्भीर रुपमा बिरामीहरुका लागि यो उपायले मानव मिर्गौला नपाइन्जेल छोटो अवधिका लागि या ‘पर्मानेन्ट ग्राफ्ट’ का रुपमा समाधानके काम गर्ने अपेक्षा गरिएको छ । तर अहिलेलाई सो प्रत्यारोपण तीन दिनका लागि मात्र छाडिएको हुँदा आगामी परीक्षणहरुले अझ दायरा बढाउने र नयाँ अवरोधकहरुको सामना पनि गराउन सक्ने मोन्टगोमेरीले बताए ।

    यसमा त्यस्ता व्यक्तिलाई मात्र सहभागी गराइने जसले मानव मिर्गौला पाउने सम्भावना कम भएको या डाएलिसिसमा कमजोर प्रोग्नोसिस भएका बिरामीलाई मात्र सहभागी गराइने पनि उनले बताए ।

    मोन्टगोमेरी भन्छन्, “त्यस्ता मानिसहरुमा मृत्यु दर क्यान्सर हुँदा जत्तिकै उच्च हुन्छ । त्यसैले हामी उनीहरुलाई थप केही महिनाका जीवन दिनका लागि भएपनि नयाँ औषधि दिन या नयाँ ट्रायल गर्न पछि हट्दैनौँ ।” रोयटर्स

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology