Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२०२२ मा पनि कोभिड महामारी रहन्छः डब्लूएचओ

२०२२ मा पनि कोभिड महामारी रहन्छः डब्लूएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १३:१०:१२ बजे
  • 934
    SHARES
  • २०२२ मा पनि कोभिड महामारी रहन्छः डब्लूएचओ

    एजेन्सी । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो ।

    images

    डब्लुएचओका वरिष्ठ नेता डा.ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताए । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहुँच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाई छ । रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन् ।

    अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो ।

    त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशतभन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् । विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् ।

    खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन् ।

    ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन् । यसैबीच, बेलायतले बिभिन्न देशलाई १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # डब्लूएचओ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology