Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने तयारी

सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७७ मंगलवार • ०८:४१:३३ बजे
  • 1.7K
    SHARES
  • सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने तयारी

    मयरपाटी- उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीले सांसद सरिता गिरीसँग स्पष्टीकरण सोधेको छ । पार्टी निर्देशन अवज्ञा गर्दै संविधान संशोधनको पक्षमा मत नदिएको भन्दै समाजवादीले सांसद गिरीसँग स्पष्टीकरण मागेको छ । गिरीले भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेकोप्रति विरोध जनाएकी थिइन् । यस्तै उनले ती क्षेत्रसहितको निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा उनले मत दिइकी थिइनन् । भारतसँग नसोधी एक पक्षीय रुपमा नक्सा जारी गरेकाले विधि र प्रक्रिया नपुगेको तर्क गिरीको छ ।

    images

    उनले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव खारेजीको माग गर्दै अर्को प्रस्ताव दर्ता गराएकी थिइन । उनको प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका थिए । समाजवादीको पदाधिकारी बैठकले सांसद गिरीसँग संविधान संशोधनको विपक्षमा उभिनुको कारणबारे एक साताभित्र लिखित स्पष्टीकरण माग गरेको समाजवादीका महासचिव रामसहाय यादवले जानकारी दिए । समाजवादीका एक नेताका अनुसार चित्त बुझ्दो जवाफ नदिए गिरीलाई पार्टी र सांसदबाट समेत हटाइने छ । समानुपातिक सांसदलाई सम्बन्धित दलले फिर्ता बोलाउन चाहे तत्काल उनको पद खारेज हुने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology