Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १३:२१:५९ बजे
  • 1.0K
    SHARES
  • बढ्यो सुनको मूल्य

    दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो । जबकी गत असोज २५ गतेसम्म चाँदीको मूल्य जम्मा एक हजार १८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    images

    २५ गतेबाट बढ्न थालेको चाँदीको मूल्य आज कार्तिक ४ गतेसम्म आइपुग्दा तोलामा ८० रुपैयाँले महँगिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ गते एक हजार १८० रुपैयाँमा कारोबार भएर बन्द भएको बजारमा कार्तिक १ गते एकैपटक अधिकतम ४५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य एक हजार २२५ रुपैयाँ पुगेको थियो ।

    यस्तै, कार्तिक २ गते १० रुपैयाँले वृद्धि हुँदै एक हजार २३५ रुपैयाँ र ४ गते थप २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता सुनको मूल्य भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

    गत असोज २५ गते तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कार्तिक चार गते ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology