Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति

केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १४:११:१० बजे
  • 1.6K
    SHARES
  • केपी शर्मा ओलीको अभिव्यक्तिप्रति भीम रावलको आपत्ति

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति सांकेतिक रुपमा आपत्ति जनाएका छन् ।

    images

    बागमती प्रदेशले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले १० बुँदे सहमतिको एकतारे ट्याङट्याङ नबजाउन भनेपछि रावले त्यसको प्रतिवाद गरेका छन् ।

    RAWAL.JPG

    पार्टी एकतालाई बजाएर देश हितका लागि १० बुँदे सहमति गरिएको स्मरण गराउँदै रावलले भनेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो ।’

    विगुलको धुन संस्थागत भइसकेको रावलको भनाइ छ । उनले ट्वीट गरेका छन्, ‘यसको धुन संस्थागत भइसकेको छ।सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology