Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

खानेपानी कार्यालय प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

खानेपानी कार्यालय प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १५:५६:०० बजे
  • 682
    SHARES
  • खानेपानी कार्यालय  प्रमुखलाई सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए

    खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् ।

    images

    कुशवाहलाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

    सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ ।

    सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

    यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नरा जुलुस भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # खानेपानी कार्यालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology