Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली बा सँग मेरो भेटघाट सामान्य :अभिनेत्री करिश्मा

ओली बा सँग मेरो भेटघाट सामान्य :अभिनेत्री करिश्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • १६:५१:३७ बजे
  • 1.0K
    SHARES
  • ओली बा सँग मेरो भेटघाट सामान्य :अभिनेत्री करिश्मा

    अभिनेत्री करिश्मा मानन्धरले केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बिषयमा एक पोष्ट गरिन् । उक्त पोष्टमा आफुलाई ओलीको फोन आएको जानकारी दिएकी थिइन् ।

    images

    मोबाइलमा आफुलाई आएको ओलीको फोनको स्क्रिन सट सहित पोष्टमा उनले ओलीको बिषयमा लेखेकी थिइन् ‘बा यतिकै भएको होइन रहेछ ।’ उक्त पोष्टलाई लिएर सामाजिक सञ्जालमा करिश्मा नेकपा एमाले प्रवेश गर्दै भन्ने बिषयमा चर्चा भए । कतिपय मिडियाले यो बिषयमा ‘एमाले प्रवेश गर्दै करिश्मा’ शीर्षकमा समाचार समेत बनाए ।

    बुधबार साँझ फेरि पूर्व प्रधानमन्त्री ओली, नेकपा एमालेबाट राष्ट्रिय सभाका सांसद कोमल ओली, जीतु नेपाल सहितको तस्बिर करिश्माले सार्वजनिक गरिन् । उक्त तस्बिर बुधबार साँझ ओलीसँग भएको भेटको क्रमको रहेको थियो । ओलीले बोलाएपछि करिश्मा बुधबार बालकोट पुगेर भेट गरेकी हुन् ।

    ओलीले आफुलाई सामान्य भेटघाटका लागि बोलाएको अभिनेत्री करिश्माले बताइन् । ‘ओली बा सँगको मेरो बुधबारको भेट सामान्य भेटघाट मात्र थियो’ करिश्माले भनिन् ‘उहाँ जत्तिको मानिसले म प्रति चासो देखाएर बोलाउनु भएपछि म जानु परेन र ।’ भेटमा राजनीतिक भन्दा पनि सामाजिक र फिल्म क्षेत्रको बिषयमा कुराकानी भएको करिश्माले सुनाइन् ।

    ‘केही अगाडि मेरो परीक्षाको बेलामा पनि उहाँले शुभकामना दिन फोन गर्नुभएको थियो’, करिश्माले थपिन्, ‘उहाँको फोनले मलाई नेपालको राजनीतिज्ञले पनि हाम्रो बारेमा चासो लिनु हुँदोरहेछ भन्ने लाग्यो ।

    उहाँ प्रति म प्रभावित भए । बुधबार फेरि उहाँबाट बोलावट आयो । मैले भेटे ।’ भेटमा आफ्नो सकिएको ‘प्लस टु’ को परीक्षा, फिल्म अभिनय र अन्य सामाजिक बिषयमा कुरा भएको करिश्मा सुनाइन् ।

    ओलीसँग बुधबारको भेटलाई धेरैले करिश्माको एमाले प्रवेशको तयारी समेत भनेका छन् । करिश्माले भने एमाले प्रवेश लगायत कुनै पनि राजनीतिक बिषयमा ओलीसँग आफ्नो कुरा नभएको र आफ्नो राजनीतिमा फेरि आउने कुनै सोच नरहेको स्पष्ट पारिन् । करिश्माले केही अगाडि मात्र राजनीतिबाट आफुलाई अलग बनाएकी हुन् ।

    डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा घोषणा समय देखिनै सक्रिय रहेकी करिश्माले नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको र आफूलाई एकदमै गाह्रो भएको बताउँदै राजनीतिबाट अलग भएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री करिश्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology