Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • २०:४४:२३ बजे
  • 2.1K
    SHARES
  • नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा

    नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ ।

    images

    एमालेको आज बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

    चितवनलाई नै कार्यथलो बनाएका पूर्व माओवादी पृष्ठभूमिका नेता बादलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिमा अधिकांश चितवनकै नेताहरु समेटिएका छन् ।

    समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

    ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology