Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनप्रगतिशिल मञ्च पश्चिम एसिया समितिको बैठक सम्पन्न , तीब्र रुपमा सदस्यता वितरण गर्न निर्देशन

जनप्रगतिशिल मञ्च पश्चिम एसिया समितिको बैठक सम्पन्न , तीब्र रुपमा सदस्यता वितरण गर्न निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७८ बिहिवार • २३:०४:२८ बजे
  • 2.4K
    SHARES
  • जनप्रगतिशिल मञ्च पश्चिम एसिया समितिको बैठक सम्पन्न , तीब्र रुपमा सदस्यता वितरण गर्न निर्देशन

    जनप्रगतिशिल मञ्च पश्चिम एसिया समितिको बैठक क्षेत्रीय समिति अध्यक्ष शनि कुमार ओलिको अध्यक्षतामा २१ अक्टोबर बिहिवार अनलाइन (भर्चुअल) मार्फत सम्पन्न भएको छ ।

    images

    माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रवास समन्वय कमिटीका अध्यक्ष ओम शर्मा प्रमुख अतिथि रहेको बैठक संचालन पक्षिम एसिया क्षेत्रीय समिति सचीव हरि नेपालीले संचालन गर्नु भएको थियो ।

    अतिथि प्रवास समन्वय कमिटीका सचीव टेक बहादुर पाठकले संगठनका समस्या र समाधानका बारेमा बिचार राख्नु भएको थियो । भने अध्यक्ष ओम शर्माले अहिले पार्टीले देश बिदेशमा संगठन निर्माण तीब्र बनाउन भएको निर्णय अनुसार सबै राष्ट्रिय कमिटीले पनि संगठन निर्माणलाई तिब्रता दिन निर्देशन दिदै आगामी दिनमा पार्टीलाई बलियो बनाउने रणनीतिमा लाग्न पनि सबैलाई निर्देशन दिनु भएको थियो ।

    त्यस्तै पश्चिम एसिया क्षेत्रीय बैठकका अध्यक्ष शनि कुमार ओलिले संगठनमा भएका समस्याहरुलाई छलफल र बहसबाट हल गर्नुपर्ने बताउनु भएको थियो । पक्षिम एसिया राष्ट्रिय कमिटीका सदस्यहरुले आ आफ्नो बिचार राखेका थिए ।

    ओमानबाट राष्ट्रिय कमिटीका अध्यक्ष उमेश विश्वकर्माले पछिल्लो समय पार्टीले गरेका कतिपय निर्णयहरु राष्ट्रिय कमिटीलाई समेट्न नसकेको गुनासो राख्नु भएको थियो ।

    उहाँले प्रवास समन्वय कमिटीले राष्ट्रिय कमिटीका आवाज र समस्याहरुलाई बुझ्नु पर्ने बताउनु भएको थियो त्यस्तै  कतार बाट मोहन कार्की ,इजरायल बाट अनिरुद्र जोशी सुवेदी, दुबई बाट बाबुराम विश्वकर्मा, रबि रमन शर्मा, युवराज केसि, साउदी अरब बाट कमल शाही , कुवेतबाट मन बहादुर भुजेल , साउदीबाट राम चन्द्र वाग्ले लगायत कमरेडहरुले राष्ट्रिय कमिटीका समस्या र पार्टीले गरेका केही निर्णयहरुको छलफल नचलाई निर्णय भएको गुनासो सहित सुझाव दिएका थिए ।

    सबै राष्ट्रिय कमिटीले सदस्यता वितरणलाई पार्टीको निर्देशन अनुसार तिब्रता दिदै जाने र बृहत सदस्य निर्माण गर्नेमा लाग्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology