Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • ०९:२५:२२ बजे
  • 601
    SHARES
  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी

    प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

    images

    अहिले प्रदेशमा विपक्षी गठबन्धन बलियो देखिएको छ भने मुख्यमन्त्री अल्पमतमा परिसकेका छन् । विपक्षी गठबन्धनले दशैँअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडान राख्दै आए पनि सभामुखले बेवास्ता गर्दै आएका थिए ।

    सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभा बैठकको मिति गत २५ असोजका लागि तोकिएको थियो र मुख्यमन्त्री आचार्यले २५ गते नै विश्वासको मत लिने सूचना दिएका प्रदेश सभा सचिवलाई दिएका थिए ।

    पछि अचानक सूचना टाँस गरेर प्रदेश सभा बैठक कात्तिक ५ गते (आज)का लागि सारिएको थियो । अहिले पनि सत्तापक्षले विश्वासको मत लिने दिन कार्तिक ७ लाई तोक्न खोजेको तर विपक्षी गठबन्धन भने कार्तिक ५ कै बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छ ।

    गत भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए । तर उनको दल एमाले विभाजन भएपछि विपक्षी गठबन्धन बलियो भएको र आचार्य अल्पमतमा परिसकेको बताइन्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology