Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनमत पार्टीका १७ जनाविरुद्ध मुद्दा चलाइँदै

जनमत पार्टीका १७ जनाविरुद्ध मुद्दा चलाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • ११:१४:०४ बजे
  • 835
    SHARES
  • जनमत पार्टीका १७ जनाविरुद्ध मुद्दा चलाइँदै

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुश्वाहामाथि हातपात तथा दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ता माथि प्रहरीले अदालतमा मुद्दा चलाउने भएको छ ।

    images

    कुश्वाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई पक्राउ गरेकामा तीमध्ये १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । १७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिइने उनले बताए । बाँकी रिहा भइसकेका छन् ।

    प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुश्वाहा, पार्टीका सर्लाही जिल्ला सदस्य संजय कुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल,सिरहा जिल्ला सदस्य दुर्योधन यादव, सोही जिल्लाका सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो उर्फ जीवन तयारी,विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाउने भएको हो ।

    धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल रहेको प्रहरी स्रोतले जनाएको छ ।

    एक प्रहरीका अनुसार अपराधी प्रवेश तथा अपराधि उप्रद मुद्दा प्रमाणित भएको खण्डमा क्षतिपूर्तिसहित १ वर्षदेखि ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology