Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७८ शुक्रवार • १८:३८:०९ बजे
  • 1.1K
    SHARES
  • भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

    भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

    images

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकान इन्टरनेसनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको पनि उपस्थीति रहेको थियो ।

    भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको गरिएको हो ।

    कार्यक्रममा मन्त्री यादवले नेपाल र भारतीबीचको सम्बन्ध ऐतिहासिक रहेको बताइन् । उनले जयनगर–कुर्थाका साथै बर्दिबाससम्म पुर्याउने कार्यलाई तीव्रता दिइने जानकारी दिइन् । उनले जयनगर–कुर्था खण्डमा छिट्टै रेल सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

    त्यस्तै, नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल र भारतबीचको सहकार्यलाई सदैव निरन्तरता दिने बताए । नेपालमा रेल सेवा विस्तारका लागि पनि भारतले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

    भारत सरकारको आर्थिक सहयोग अन्तर्गत ८.७७ अर्ब रुपैयाँमा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड निर्माण भएको हो । जयनगर–कुर्था खण्डमा कुल ८ वटा स्टेसन र साना स्टेसन रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology