Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देउवा र पौडेल दुवै चाहँदैनन् तत्काल महाधिवेशन

देउवा र पौडेल दुवै चाहँदैनन् तत्काल महाधिवेशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • ०८:४२:४९ बजे
  • 547
    SHARES
  • देउवा र पौडेल दुवै चाहँदैनन् तत्काल महाधिवेशन

    कांग्रेस महाधिवेशन चौथोपटक सारिएको मिति (मंसिर ९ १३ ) मा पनि हुने सम्भावना करिब सकिएको छ ।

    images

    नेतृत्वले निर्धारित मितिमा महाधिवेशन गर्ने तदारुकता देखाएको छैन भने नेतृत्वमा जान प्रयासरत समूहले महाधिवेशनका लागि दबाब सिर्जना गरेको छैन ।

    त्यही कारण सभापति शेरबहादुर देउवा र इतर समूहका प्रमुख नेता रामचन्द्र पौडेलले नै तत्काल महाधिवेशन नचाहेका त होइनन् ? भन्ने प्रश्न उब्जिएको छ ।

    २०७२ फागुनमा ४ वर्षका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको कार्यकाल ५ वर्ष ७ महिनामा हिँडिरहेको छ । परिस्थितिले अहिले उनी प्रधानमन्त्री बनेका छन् ।

    महाधिवेशन गर्ने प्रमुख दायित्व भए पनि राज्य सत्ताको धपेडी र पार्टी सक्ताको स्वादले उनका लागि महाधिवेशन प्राथमिकतामा परेको छैन ।

    ‘नेतृत्वमा जान हतारिनुपर्ने अन्य नेताहरु विशेषगरी रामचन्द्र पौडेल नै अहिलेको अवस्थामा महाधिवेशनमा जान चाहनुहुन्न,’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने, ‘कुर्सीमा बसेको मान्छेलाई महाधिवेशनमा जान केको हतारो ?’ आचार्यले भनेझै देउवालाई महाधिवेशनमा जान हतार छैन ।

    उनले आगामी निर्वाचनबाट पुनः प्रधानमन्त्री बन्न चाहेका छन् । पार्टी नेतृत्व गुमाए उनका लागि प्रधानमन्त्री पद प्राप्ति निकै कठिन हुनेछ ।

    समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology