पेन्टागनले सीरियामा अमेरिकी ड्रोन ह'मलामा अलकायदाका वरिष्ठ नेताको मृ'त्यु भएको जनाएको छ ।
यो ह'मला दक्षिणी सीरियामा इ'स्लामिक स्टेट समूहसँग भि'ड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा ह'मला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।
मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई ह'मलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृ'त्यु भएको छ ।’
उनले यो ह'मला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए । उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र ह'मलाबाट बच्न सकिने बताए ।
सेप्टेम्बरको अन्तिममा पेन्टागनले देशका उत्तर–पश्चिममा इदलिब नजिकै हवाई ह'मलामा अल–कायदाका वरिष्ठ कमाण्डर सलीम अबू–अहमदको ह'त्या गरेको थियो ।