Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७८ शनिवार • ०८:४६:४६ बजे
  • 865
    SHARES
  • एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

    सुर्खेत । नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो ।

    images

     

    थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री समेत छन् । एमालेमै छँदा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थापा त्यसपछि मन्त्री बनेका थिए ।

    उनको मन्त्री पदको समयावधि पनि केही दिनमा सकिँदैछ । दलले यसअघि प्रकाश ज्वालालाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइसकेको थियो ।

    यस्तै सह–इञ्चार्जको जिम्मा चन्द्रबहादुर शाही, हंस शाही, शेर बहादुर केसी र ठगेन्द्र पुरीलाई सचिवको जिम्मेवारी दिइएको बताइएको छ । मन्त्रीसमेत रहेका थापाले रातोपाटीसँग कुरा गर्दै भने,‘ अब कर्णालीमा हाम्रो पार्टीलाई अब्बल पार्टीको रुपमा स्थापित गर्छौं ।

    अहिले सांगठनीक रुपमा कसरी अघि बढ्ने भन्ने बारेमा हामीहरु एकबद्ध भई लागिरहेका छौं ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology