नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।
देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल पार्टीबाट अलग्गिएपछि पार्टी थप सशक्त भएको दाबी गरे ।
‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अब पार्टी शुद्धीकरण भयो ।
पार्टीलाई सरकारबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो ।
अब पार्टी नयाँ ढंगले अघि वढेको छ,’ उनले भने । उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।