Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भीम रावलको राजीनामा त्यत्रो ठूलो कुरो केही पनि होइन : ओली

भीम रावलको राजीनामा त्यत्रो ठूलो कुरो केही पनि होइन : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • १६:४५:४८ बजे
  • 475
    SHARES
  • भीम रावलको राजीनामा त्यत्रो ठूलो कुरो केही पनि होइन : ओली

     नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे कार्यन्वयन कार्यदलका संयोजक भीम रावलले दिएको राजीनामा केही पनि नभएको जवाफ दिएका छन् ।

    images

    शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट पार्टीको वडा कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका ओलीलाई सञ्चारकर्मीले रावलको राजीनामा बारे सोधेको प्रश्नमा केही पनि नभएको उनले बताए ।

    उनले भने, ‘उहाँले राजीनामा के को गर्नुभएको हो ?

    संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो । त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’

    १० बुँदे सहमति कार्यान्वय हुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले बाँकी केही छन् त्यो हुन्छ भनेर जवाफ दिएका छन् । विभाजित पार्टी एकता गर्न बनेको १० बुँदे कार्यदलका संयोजक रावलले अध्यक्ष ओलीलाई यसअघि पटक पटक १० बुँदे अक्षरस सम्बोधन गर्नुपर्ने भन्दै आएका थिए ।

    बीचमा ओलीले रावललाई १० बुँदे माग पूरा हुने आश्वासन पनि दिएका थिए । तर, पछिल्लो समय ओली १० बुँदे सहमतिप्रति सक्रिय नदेखिएपछि शुक्रबार रावलले संयोजक पदबाट राजीनामा दिएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology