नेकपा माओवादी केन्द्रमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै बैठक गरेका छन् ।
मधेसमा माओवाद केन्द्रको सांगठनिक स्थितिका बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश नं. २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी परामर्श बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिराखेका छन् । पछिल्लो समय प्रचण्डले संगठन सदृढिकरणका लागि केन्द्रीय सदस्य तथा प्रदेश स्तरका नेताहरुसँग सामूहिक छलफल गर्दै आएका छन् ।
प्रदेश २ मा सांगठनिक विवाद मिलाउने कोशिसमा प्रचण्ड छन् ।
सांगठनिक विवाद कायमै रहँदा प्रदेश २ का केही नेताहरु असुन्तुष्ट समेत रहेका छन् ।
दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । प्रदेश २ का शीर्ष नेताहरुले प्रचण्डलाई आज बिहानै खुमलटार निवासमा पनि भेटेका थिए ।