Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो : ओली

पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • १६:५३:५७ बजे
  • 2.0K
    SHARES
  • पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । शनिबार एमालेको देशैभरका वडा तहका अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    आफू नेतृत्वको सरकार महान् उद्देश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको अरोप थियो । “पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो ।

    कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने,” उनको आक्रोश थियो ।

    मुलुक दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ उनले सचेत गराएका छन् ।

    “प्रतिगामी शक्ति गठबन्धनका नाममा आइरहेको छ । भ्रम र द्विविधामा रहनुपर्दैन । यो देशलाई अस्थिरतामा धकेल्ने र अग्रगमन हुन नदिने काम हो,” उनले भने,“यो विपरीत बाटो हो ।

    प्रतिगमनको बाटो हो । जनताको सार्वभौमसत्ताको अवव्याख्या गर्ने काम भइरहेको छ ।” प्रतिक्रियावादीहरुको पाउँमा सेवा अर्पण गर्ने काम भएको भन्दै उनले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्ने काम भइरहेको टिप्पणी गरे ।

    प्रतिक्रियावादी शक्ति आफूहरुका विरुद्ध आइलागेको भन्दै ओलीले त्यसलाई चिरेर अघि बढ्नुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology