Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सामाजिक कामको विषयमा छलफल छ भन्दै,नक्कली पार्टी प्रवेश गराउदै नेकपा एमाले (बिज्ञप्ति सहित)

सामाजिक कामको विषयमा छलफल छ भन्दै,नक्कली पार्टी प्रवेश गराउदै नेकपा एमाले (बिज्ञप्ति सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • १८:१६:२९ बजे
  • 1.7K
    SHARES
  • सामाजिक कामको विषयमा छलफल छ भन्दै,नक्कली पार्टी प्रवेश गराउदै नेकपा एमाले (बिज्ञप्ति सहित)

    कात्तिक ५ गते बलेफी गाउँपालिका– ७ चिम्लीङमा नेकपा एमालेले एक भेलाको आयोजना गरेका थिए। भेला पश्चात सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका छन् । भनेर समाचार बाहिर आएपछि स्थानीयहरुले यो सरासर झुट रहेको भन्दै बिज्ञप्ति निकालेको छ।

    images

    बिज्ञप्तिमा स्थानीयहरुले आफुहरुलाई सामाजिक कामको विषयमा छलफल छ भन्दै बोलाएर झुक्याएर खादा लगाइदिएको साथै खेत वारि जहाँ भेट्छ त्यही केही नबुझाई खादा र सिंदुर लगाइदिएको स्पष्ट पारेका छन् ।

    उक्त ब्यक्तिहरु यसअघि माओवादी केन्द्रमा रहेका थिए । स्थानीयको भनाई अनुसार आफुहरुको उत्थान गर्ने पार्टी माओवादी रहेको र आफुहरु दशकौ देखि यहि पार्टीमा आस्था राख्दै आएको र अब पनि यहि पार्टीमा आस्था राख्ने कुरा स्पष्ट भएको बताएका छन् ।

    साथै स्थानियहरुले नेकपा एमालेका स्थनिय नेताहरुलाई दलित,जनजातिको नाम लिएर यस्तो घिनलाग्दो हर्कत अब बाट नगर्न समेत चेतावनी दिएका छन् ।

    यस्तो छ स्थानीयहरुले जारी गरेको विज्ञप्ति

    bbb1.jpg

     

    "यस्तो थियो प्रवेश गरे भनिएको समाचार"

    सिन्धुपाल्चोक, कात्तिक ५ । सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रमा ठूलो भूकम्प गएको छ । पुष्पकमल दाहाल, प्रचण्डले नेपाली कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन र मुलुकको समृद्धिबिरुद्ध उभिएको निश्कर्षसहित सिंगो गाउँका सवै माओवादी नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि माओवादीमा भूकम्प नै गएको हो ।


    एमालेले कात्तिक ६ गते सिन्धुपाल्चोकका १०३ वडामा एकैसाथ अधिवेशनको तयारी अघि बढाउँदा भएको छलफलमा माओवादीका एउटा गाउँका सवै एमाले प्रवेश गरेका छन । बलेफी गाउँपालिका– ७ चिम्लीङमा भएको भेलामा सिंगो बस्तीका सबै नै एमालेमा प्रवेश गरेका हुन ।


    यसअघि माओवादी केन्द्रमा रहेका दलित बस्तीका सबै स्थानीय एमालेमा प्रवेश गरेका हुएमाले नेता केदार क्षेत्रीले जानकारी दिनुभएको छ । आज बिहान दलित बस्तीमा भएको भेटघाट र छलफलपछि सबै नै एमालेको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुँदै एमालेमा प्रवेश गरेको नेकपा एमाले वागमती प्रदेश कमिटीका सदस्य एवम बलेफी गाउँपालिका अध्यक्षसमेत रहनु भएका क्षेत्रीले जानकारी दिनुभयो ।


    माओवादी केन्द्रमा रहेका उनीहरु सबै एमालेमा प्रवेश गरेपछि बलेफी–७ मा आफूहरुको संगठन अब पहिलाको भन्दा झन् बलियो भएको क्षेत्रीले बताउनुभयो ।

    नवप्रवेशीहरुलाई क्षत्रीले खादा, अबिर लगाएर एमालेमा प्रवेश गराउनुभएको हो ।
    एमाले भित्रको अन्तरविरोध साम्य भएपछि बलेफीका विभिन्न वडाहरुबाट कांग्रेस, माओवादीलगायतका दलबाट एमालेमा हालसम्म करिब ३ सय प्रवेश गरेको क्षत्रीले बताउनु भयो । क्षेत्रीका अनुसार वडा अधिवेशनमा पनि सबै वडाहरुबाट विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको सूची लामो रहेको छ ।


    पार्टीमा समस्या हुँदा केही समय आफूहरु पार्टीको काममा सक्रिय हुन नपाएको र अहिले नेकपा एमाले एकताबद्ध भएपछि एकताको सन्देश लिएर गाउँगाउँमा पुग्दा स्थानीय उत्साही भएको क्षेत्रीले बताउनुभयो ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology