Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हत्या गरिएका भिम विकको परिवार संग नेपाल दलित मुक्ति मोर्चा नवलपुरको भेटघाट, न्यायको लागि ऎक्यवद्वता

हत्या गरिएका भिम विकको परिवार संग नेपाल दलित मुक्ति मोर्चा नवलपुरको भेटघाट, न्यायको लागि ऎक्यवद्वता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७८ शनिवार • १८:४३:५४ बजे
  • 4.3K
    SHARES
  • हत्या गरिएका भिम विकको परिवार संग नेपाल दलित मुक्ति मोर्चा नवलपुरको भेटघाट, न्यायको लागि ऎक्यवद्वता

    केही दिन पहिला मन्दिरमा आफुहरुलले पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा चितवनमा एक दलित व्यक्तिको हत्या गरिएको थियो  ।

    images

    चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिम बहादुर विश्वकर्माको कुटपिट गरेर हत्या गरिएको हो । स्थानीय युवाहरु दिलिप श्रेष्ठ र सिताराम क्षेत्रले उनको हत्या गरेका हुन् ।

    विश्वकर्माले गत असोज २८ गते (दशैको महानवमीको दिन) भरतपुर महानगरपालिका ४ स्थित दुर्गा मन्दिरमै गएर दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए । सो दिन त्यहाँ धार्मिक परम्पराअनुसार पुजाको कार्यक्रम भइरहेको थियो । त्यो मन्दिरमा दलितहरुलाई पुजा गर्न पहिलेदेखि नै प्रतिवन्ध थियो ।

    यसै घटनालाई लिएर अहिले देशैभरी दलित समुदाय आन्दोलित भएका छन । मृतक परिवारलाई न्याय दिलाउनको लागि नेपाल दलित मुक्ति मोर्चा नवलपुर जिल्ला संयोजक दुर्गा बहादुर विकको नेतृत्वमा अखिल नेपाल महिला संघ क्रान्तिकारी नवलपरासी जिल्ला पुर्व अध्यक्ष सहिद परिवार दमयन्ती रुचाल , मुक्तिमोर्चाका केन्द्रिय सदस्य नेत्र सुनार, जिल्ला सचीव गणेश विश्वकर्मा,सदस्य समशेर विश्वकर्मा,तुलसी विश्वकर्मा कृष्ण नेपाल लगायत १८ जना भन्दा बढीको उपस्थितिमा स्थलगत अध्यन गरेको थियो ।

    d2.jpg

    टिमले मृतकका परिवार संग घटनाको बारेमा जानकारी लिदै, छिटोभन्दा छिटो दोषीलाई सजाय र पीडित परिवारलाई न्याय दिलाउन कुनै कसर बाकी नराख्ने दमयन्ती रुचालले बताउनु भयो ।

    हामी चाहन्छौ सिसि टिभीको राम्रो संग अनुसंधान गरेर सत्यतथ्य बाहिर आउनु पर्छ ।साथै पोष्टमाटम रिपोर्ट पनि सत्य जे हो त्यही बाहिर ल्याउनु आग्रह गर्द्छौ । यस्ता घटना फेरि पनि समाजमा नदोहोरियोस,जातको आधारमा कसैले कसैलाई पनि हत्या गर्नु पाइदैन  । वास्तवमा यो घटना जातियताको आधारमा भएको हामिले पाएका छौ ।

    मृतककि छोरी मिना विक संग पनि हामिले विस्तारित कुराकानी गरेको थियौ । मन्दिरमा पहिला देखि नै दलित समुदायलाई प्रवेश निषेध गरिएको रहेछ । अहिले घटना भए पछि स्थानीयले कुरा बङ्ग्याको पायौ ।

    d3.jpg

    त्यसैले यो घटना जातिय आधारमा भएको हो । नेपाल दलित मुक्तिमोर्चा चितवनको समन्वयमा हामिले यो घटनलाई अझै नजिक बाट बुझेका छौ ।दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य चितवन जिल्ला इन्चार्ज  भिम विश्वकर्मा आफै न्यायिक समितिमा हुनुहुन्छ पीडित परिवारले न्याय पाउनु नै पर्छ  । न्यायको लागि ऎक्यवद्वता जाहेर गर्द्छौ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology