Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रदेश १ः मुख्यमन्त्रीको विश्वास प्रस्तावउपर मतदान हुँदै

प्रदेश १ः मुख्यमन्त्रीको विश्वास प्रस्तावउपर मतदान हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • ०९:४२:३३ बजे
  • 961
    SHARES
  • प्रदेश १ः मुख्यमन्त्रीको विश्वास प्रस्तावउपर मतदान हुँदै

    प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मतउपर आज मतदान हुने भएको छ । मुख्यमन्त्री आचार्यले पेश गरेको प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

    images

    प्रदेश १ सरकारमा आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् ।

    संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे मात्रै सदनलाई जानकारी दिएका थिए । गत असोज २५ गते संवैधानिक प्रावधान अनुसार आचार्यले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए ।

    भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूले आरोप लगाउँदै आएका छन ।

    प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै पुग्छ । यो संख्याले सरकार टिक्दैन । संसदमा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ ।

    प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा लागेको छ । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद रहेका छन् ।

    केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology