Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलाई फसाइयो: आर्यन खान

मलाई फसाइयो: आर्यन खान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • १२:०८:२८ बजे
  • 1.0K
    SHARES
  • मलाई फसाइयो: आर्यन खान

    बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठजनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ ।

    images

    आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भए पनि उनलाई हाल मुम्बईस्थित आर्थर रोड जेलमा राखिएको छ ।

    सबैलाई एउटै मुद्दा बनाएर एनसीबीले कारबाही गरिरहेको छ । आर्यनको जमानत दुईपटक खारेज भएपछि उनको वकिलले मुम्बई हाई कोर्टमा जमानतका लागि अपिल गरेका छन् । जसको सुनुवाइ २६ अक्टोबरमा हुँदैछ । अपिलमा आर्यनले आफूलाई एनसीबीले फसाउने नियत राखेको आरोपसमेत लगाएका छन् ।

    ‘मेरो ह्वाटएप्स च्याटलाई गलत तरिकाले बाहिर ल्याइएको छ,’ आर्यनले अपिलमा भनेका छन्, मैले ड्रग्स सेवन गरेको छैन र मसँग केही प्रतिबन्धित सामग्री भेटिएको पनि छैन तर पनि म जेल बस्न बाध्य छुँ ।’ उनले पार्टीमा आफूले अरबाज र आचित नामक दुई साथीलाई मात्र चिनेको खुलाएका छन् ।

    आर्यनले अपिलमा आफूलाई फसाउने षड्यन्त्र भइरहेको जनाउँदै न्यायका लागि यहाँसम्म आएको उल्लेख गरेका छन् । हालै एनसीबीले आर्यनको घर मन्नतमा समेत छापा मारेको थियो ।

    यद्यपि त्यहाँ के पाइयो भन्ने विषयमा केही खुलाइएको छैन । यसका साथै ह्वाटएप्स च्याट अभिनेत्री अनन्या पाण्डेसँग लिंक भएको भन्दै त्यहाँसमेत एनसीबीले छापा मारेको छ ।

    बिहीबार एनसीबीले छापा मरेपछि अनन्यालाइ सोधपुछका लागि बोलाउनुका साथै ल्यापटप र मोबाइलसमेत सिज गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्यन खान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology