Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले वडा अधिवेशन विवादः समानान्तर कमिटी गठन

एमाले वडा अधिवेशन विवादः समानान्तर कमिटी गठन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • १०:०८:१९ बजे
  • 661
    SHARES
  • एमाले वडा अधिवेशन विवादः समानान्तर कमिटी गठन

    महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ ।

    images

    वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समानान्तर कमिटी समेत गठन भएका छन ।

    पार्टीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ ।

    केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए । ‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ ।

    अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले बताए । महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology