Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा

एमाले महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ८, २०७८ सोमवार • ११:३६:१२ बजे
  • 862
    SHARES
  • एमाले महाधिवेशनको उद्घाटन समारोह नारायणी नदी किनारमा

    कपा (एमाले)को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।

    images

    एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरु भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् ।

    “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ,” उनले भनिन् । उद्घाटन सत्रमा ५ लाखभन्दा बढी जनसहभागिता हुने भएकाले नारायणी नदी किनारको खुला ठाउँ छनोट गरिएको उनको भनाइ छ ।

    सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन् । महाधिवेशन प्रतिनिधिलाई सौराहाम आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् ।

    अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतको उपस्थितिमा अवलोकन गरिएको हो ।

    यस्तै, पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology