Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दै,ओलीले भर्चुअल उद्घाटन गर्ने

नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दै,ओलीले भर्चुअल उद्घाटन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • ०९:३७:३२ बजे
  • 517
    SHARES
  • नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दै,ओलीले भर्चुअल उद्घाटन गर्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर पालिकाहरुको अधिवेशन गर्दैछ ।

    images

    गत शनिबार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेकका सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

    पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेकका पालिका कमिटीको आज अधिवेशनमा हुन लागेको हो ।

    गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

    असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशनको क्रम चलिरहेको हो । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology