Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा एस बलियो,एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकियो

नेकपा एस बलियो,एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १०:०३:१२ बजे
  • 1.2K
    SHARES
  • नेकपा एस बलियो,एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकियो

    पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ । एमालेले बाढीपहिरो प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन रोकिएको हो ।

    images

    उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन । लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ ।

    अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ । एमाले कमजोर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले मोरङको छ ।

    एमाले मोरङका अध्यक्ष ऋसिकेश पोख्रेलले तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे । उर्लाबारी र लेटाङमा १२ कात्तिकका लागि अधिवेशन तय भएको छ ।

    अन्य पालिकामा मिति तय भइसकेको छैन । मोरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ ।

    अधिवेशनमा हुने पालिकामा विराटनगर, र‌ंगेली, रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology