Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमित

पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १०:५७:४० बजे
  • 886
    SHARES
  • पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमित

    एजेन्सी । पूर्वी यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो ।

    images

    युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्या धेरै छ । हंगेरीमा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । त्यस्तै, युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् ।

    युरोपेली देशमा नयाँ संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । यहाँ औषतमा दैनिक ८३ हजार ७०० नयाँ संक्रमित भेटिने गरेका छन् । यो संख्या गत वर्ष नोभेम्बरपछिकै ठूलो हो । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभर हुने संक्रमितको २० प्रतिशत संक्रमित यहाँ छन् ।

    पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । यी देशमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको संख्या पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का आपतकालिन निर्देशक माइक रायनले बताए ।

    संक्रमणको छाल तीब्र भइरहेका बेला पूर्वी युरोपमा खोप लगाउन अटेरी गर्ने र नलगाएकोमा पछुताउनेको जमात बढेको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा सबैले खोप लगाउनुपर्ने बाध्यता बनाएपछि त्यसको चर्को बिरोध भएको छ ।

    युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा उल्लेख छ । पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् ।

    रसियामा हरेक पाँच मिनेटमा १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । देशको स्वास्थ्य अवस्था लथालिंग भएको स्वास्थ्यमन्त्री मिखाईल मुरासकोले बताएका छन् ।

    रसियामा चौथो दिन बुधबार लगातार सर्बाधिक धेरै संख्यामा संक्रमित भेटिएका थिए । रसियामा आधाभन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology