Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानकी राजकुमारीले गरिन् कलेजका प्रेमीसँग विवाह

जापानकी राजकुमारीले गरिन् कलेजका प्रेमीसँग विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • ११:००:५५ बजे
  • 730
    SHARES
  • जापानकी राजकुमारीले गरिन् कलेजका प्रेमीसँग विवाह

    जापानको शाही परिवारकी राजकुमारी माकोले कलेजका आफ्ना साथी तथा प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही दर्जा पनि छोडिदिएकी छिन् ।

    images

    जापानको राजघरानाको नियमानुसार यदि शाही परिवारको कुनै सदस्यले यदि सर्वसाधारण व्यक्तिसँग विवाह गर्छन् भने उनले शाही दर्जा त्याग्नुपर्छ । यी दुईको विवाह पछिल्लो तीन वर्षदेखि धकेलिँदै आएको थियो ।

    नयाँ सौतेनी आमाका कारण आर्थिक विवाद निम्तिएका कारण उनीहरुको विवाह रोकिएको थियो । माको र विवाहको कागजात २५ वर्षकी राजकुमारी माको सम्राट अकिहितोकी नातिनी हुन् ।

    २५ वर्षका केई एक कानूनी क्षेत्रका कर्मचारी हुन् । राजकुमारी माको र केई कोमुरो सन् २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेटेका थिए । यी दुई त्यहाँ सँगै पढ्दथे ।

    जापानमा पर्यटनलाई प्रोत्साहन दिनका लागि केईले एकपटक ‘प्रिन्स अफ सी’ को रुपमा पनि काम गरेका थिए । जापानका राजकुमारी वा राजकुमारले सामान्य नागरिकसँग विवाह गरेका उनीहरुलाई लगभग १४० मिलियन येन हर्जना दिने गरिन्छ । तर माकोले उक्त हर्जना पनि लिन अस्वीकार गरेकी छन् ।

    दोस्रो विश्वयुद्धपछि हर्जना नलिने उनी पहिलो राजकुमारी हुन् । मंगलबार (आज) बिहान राजकुमारी माकोले दरबार छोडेकी छन् । उनले राजदरबार छोड्नुअघि शिर निहुर्याएर पिता तथा जापानका राजा आकिसिनो र आमा किको बिदा मागेकी छन् ।

    उनले आफ्नो बहिनी काकोसँग अंगालो मारेर बिदामा मागिन् ।

  • सम्बन्धित विषय:

  • # जापानकी राजकुमारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology