Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तोलामा दुई सयले बढ्यो सुनको मुल्य

तोलामा दुई सयले बढ्यो सुनको मुल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १२:२८:१० बजे
  • 790
    SHARES
  • तोलामा दुई सयले बढ्यो सुनको मुल्य

    चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

    आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology