Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि (बुधबार) विश्वासको मत लिने

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि (बुधबार) विश्वासको मत लिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७८ मंगलवार • १३:०६:२६ बजे
  • 928
    SHARES
  • बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि (बुधबार) विश्वासको मत लिने

    पोखरा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि (बुधबार) विश्वासको मत लिने भएकी छिन् । उनले प्रदेशसभाको कात्तिक १० गते अपरान्ह बस्ने बैठकमा विश्वासको मत लिँदैछिन् ।

    images

     

    विश्वासको मत लिने कार्यका लागि सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

    गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेर दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology