Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए कुवेतद्वारा २९ अक्टोबरमा नि:शुल्क स्वास्थ्य शिविर

एनआरएनए कुवेतद्वारा २९ अक्टोबरमा नि:शुल्क स्वास्थ्य शिविर

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक ९, २०७८ मंगलवार • १३:११:२९ बजे
  • 1.3K
    SHARES
  • एनआरएनए कुवेतद्वारा २९ अक्टोबरमा नि:शुल्क स्वास्थ्य शिविर

    गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा कुवेतमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।कुवेत स्थित साल्मियामा रहेको मेट्रो मेडिकलको सभाहलमा आगामी २९ अक्टोबर २०२१ शुक्रवारको दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

    images

    निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता संगै सो शिविर हुन लागेको गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्षरणध्वोज लामाले जानकारी दिएका छन।

    उनले कुवेतमा विभिन्न किसिमले स्वास्थ्य चेकजाँचबाट बन्चित हुन पर्दा कुवेतमा नेपालिहरुको मृत्युदर बढेको भन्दै यो कार्यक्रमको अत्यावश्यक रहेको बताएका छन। शिबिरमा Blood, pressure, Sugar, ECG, x-ray र Doctor consultration गराउन सक्ने अध्यक्ष लामाले बताएका छन। साथै आवस्यकता हेरेर PCR र cholesterol समेत चेक गर्न सकिनेछ।

    पछिल्लो समय अवैधानिक नेपालीहरु तथा कुवेतको श्रमबजारमा न्यून तलवमा काम गरिरहेका नेपालीहरु स्वास्थ्य चेकजाँच तथा समयमा उपचार गराउन नसक्दा अकालमै ज्यान गुमाइरहेको कुरामा आफ्नो ध्यानाकर्षण भएको र यसलाइ न्यूनीकरण गर्न यस्तो खाले कार्यक्रमको निक्कै महत्त्व रहेकोले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाइ छ। यसका लागि NRNA कुवेतले विभिन्न स्वास्थ्य प्रादायक कम्पनिहरुसंग समन्वय गरेर छुटको ब्यबस्था गर्ने तयारी गरिरहेको र केही दिनमा नै नेपालिहरुले प्रत्यक्ष लाभ लिन सक्ने गरि छुट कार्डको ब्यबस्था हुने बताएका छन।

    यस नि:शुल्क स्वास्थ्य शिविरमा उपस्थित हुने नेपालिहरुको लागि मेट्रो मेडिकलबाट २०% छुटकार्डको समेत ब्यबस्था गरेको छ।

    कुवेतमा विभिन्न किसिमले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुले कुवेतको सिभिल आइडिको कपि वा पासपोर्टको कपि लिएर यो अवसरको फाइदा लिनका लागि अध्यक्ष लामाले अनुरोध गरेका छन।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology