Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७८ मंगलवार • १३:३६:२१ बजे
  • 970
    SHARES
  • राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक

    पोखरा । मंगलबार बिहान सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताएका हुन्।

    images

     

    राणाले मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनले राजीनामा दिएर निकास दिनुपर्ने, नभए संसदले महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले आफूले राजीनामा नदिने बताएका हुन्।

    ‘सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा दिन्नँ, त्यसले नेपालको न्यायपालिकालाई राम्रो गर्दैन,’ प्रधानन्यायाधीश राणाले छलफलमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो। राणाले फैसला विवादित भएका कारण आफूले राजीनामा दिनुपर्ने भए अरू न्यायाधीशका लागि पनि त्यही कुरा लागू हुने बताए।

    ‘फैसला विवादित भएकाले राजीनामा दिनु पर्ने हो भने अरू न्यायाधीशले गरेका फैसला पनि विवादित भएका छन्। सबैले सामूहिक राजीनामा दिऔं,’ राणाले भने। संवैधानिक निकायमा भागबण्डा लिने, ती विरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएकाले उनले निकास दिनु पर्ने न्यायाधीशहरूको धारणा थियो।

    राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएपछि सर्वोच्च अदालतका १५ न्यायाधीश छुट्टै छलफलमा जुटेका छन् ।वरिष्ठतम न्यायाधीश दीपक कार्कीको कक्षमा जारी १५ न्यायाधीशको छलफलमा अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्नेछ ।

    छलफलमा सहभागी सर्वोच्च अदालतका एक न्यायाधीशले नाम नबताउने शर्तमा भने– प्रधानन्यायाधीश राणाले न्यायीक प्रक्रिया नै अवरुद्ध हुँदा समेत पद छाड्ने कुनै संकेत गर्नुभएन, उहाँलाई सबैले नेतृत्व मान्नै नसक्ने अबस्थामा समेत उहाँ त फैसलाको आधारमा त सबै दोषी होलान्, आफू एक्लैले किन छाड्ने, छाड्ने भए विबादित सबैले सामूहीक राजीनामा दिउँ भन्ने प्रकृतिको धारणा राख्नुभयो, उहाँमा न्यायीक संवेदनशीलता र जिम्मेवारीता केही पनि रहेनछ त्यसैले हामी आन्तरिक छलफलमा जुटेका छौँ,’ ती न्यायाधीशले भने, ‘हामीलाई उहाँले नै मार्ग प्रशस्त गर्नुहुन्छ होला भन्ने लागेको थियो उहाँ त अझैपनि संस्थाको गरिमा जोगाउँने भन्दा प्रश्न सबैकाबारे उठेका छन्, सबै न्यायाधीशले राजीनामा दिए म पनि दिन्छु भन्नुहन्छ ।

    उहाँमा संस्थाभन्दा व्यक्तिगत स्वार्थनै हाबी रहेछ, संस्थाको विश्वसनियता र गरिमानै नै डुब्न लाग्दासमेत कुनै जिम्मेवारीबोध नदेखिएकाले छलफलमै छौँ।’ छलफलमा वरिष्ठतम न्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

    बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपनामल्ल प्रधान र तेजबहादुर केसी बुधबार दिउँसोसम्म भ्रमण छोट्याएर आइपुग्दैछन् । उनीहरुले पनि सामूहीक निर्णयमा ऐकेबद्धता जनाउने जानकारी गराइसकेको छन् । अमेरिकामा रहेका न्यायाधीश ईश्वर खतिवडाले पनि राणाले राजीनामा दिनुपर्ने सबै न्यायाधीशहरुको धारणामा सहमति जनाएका छन् । सर्वोच्च अदालतमै एक्लीएका राणा भने वर्तमान सत्तारुढ गठबन्धनले महाअभियोग या अन्य कदम नचाल्ने बचन दिएकाले राजीनामा नगर्ने अडान राख्दै आएका छन् ।

    चौतर्फी दबाब र न्यायाधीशहरुले इजलास वहिष्कार गर्दा पनि प्रधानन्यायाधीश राजीनामा नदिने अडानमा पुगेपछि सर्वोच्च अदालतमा संकट देखिएको छ ।

    स्वचालित पेशी प्रणाली लागू गर्न अनिच्छा जनाएका जवरामाथि कयौँ भ्रष्टाचार काण्डमा भएका फैसला, पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा तथा न्यायपालिकाको सुधारमा नलागेर सत्ता चलाउन भागवण्डा खोजेको आरोप लागेपछि न्यायीक वृत्तबाटै उनको राजीनामा मागिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology