Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगामी चुनाव चितवनबाटै लड्ने प्रचण्डकाे उद्घाेष

आगामी चुनाव चितवनबाटै लड्ने प्रचण्डकाे उद्घाेष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १९:३४:२६ बजे
  • 1.0K
    SHARES
  • आगामी चुनाव चितवनबाटै लड्ने प्रचण्डकाे उद्घाेष

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफू चितवनबाटै चुनाव लड्ने उद्घाेष गरेका छन्।

    images

    गृहजिल्ला चितवनकाे भरतपुर पुगेका अध्यक्ष प्रचण्डले पत्रकारमाझ बाेल्दै आगामी चुनावमा चुनाव लड्दा चितवनबाटै लड्ने बताएका हुन्। उनले भने, ‘चितवनको जनतालाई कुनै दुविधा र भ्रम नहोस्।

    म चुनाव लड्ने यो अन्तिम पटक हुन पनि सक्छ। चितवन छोडिँदैन।’ फरक प्रसङ्गमा बाेल्दै उनले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट पनि आँच नआवस् भन्ने कुरामा आफूहरू सतर्क हुनैपर्ने बताए।

    उनले भने, ‘महाभियोगको विषयमा चर्चा र छलफल भएकै छैन । हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ ।

    कसैले पनि राज्यका प्रमूख अंग त्यसमा पनि न्यायापालिका जस्ताे संवेदनशील अंगकाे स्वतन्त्रता र गरीमामा आँच आउने प्रकारका कुनै पनि गतिविधि गर्न नहुने उनकाे भनाइ छ।

    उनले भने, ‘कांग्रेसको कोटाबाट यसअघि मन्त्री बनेका र उनले पछि राजीनामा दिएपछि यो विवाद बल्झेको छ, यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरेर एउटा धारणा सार्वजनिक गर्नेछौँ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology