Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रम मन्त्री श्रेष्ठको पहलमा दक्षिण कोरिया २० महिनापछि कामदार पठाउने काम सुरु

श्रम मन्त्री श्रेष्ठको पहलमा दक्षिण कोरिया २० महिनापछि कामदार पठाउने काम सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १९:४९:४५ बजे
  • 1.2K
    SHARES
  • श्रम मन्त्री श्रेष्ठको पहलमा दक्षिण कोरिया २० महिनापछि कामदार पठाउने काम सुरु

    नेपाली कामदारलाइ वैदेशिक रोजगारका लागि दक्षिण कोरिया २० महिनापछि कामदार पठाउने काम सुरु भएको छ ।

    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’को विशेष पहलमा नेपाली कामदारलाई आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको हो ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण जान पाएका थिएनन् ।

    लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार भएको छ ।

    पहिलो चरणमा ४८ जना श्रमिकहरु भोलि बुधबार साँझ कोरिया जाँदैछन् ।

    आज साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology