Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १९:५४:०६ बजे
  • 1.4K
    SHARES
  • नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फेरि सर्यो

    मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ ।

    images

    मंगलबार निर्वाचन समितिले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँगको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।

    समितिका अनुसार यसअघि तोकिएको कार्यातालिकाअनुसार पार्टीको १० औं महाधिवेशन चरणबद्ध सम्पन्न नभएकाले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंका लागि तय भएको महाधिवेशन गर्न सम्भव छैन ।

    छलफलमा निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताएका थिए । 

    पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन समितिलाई निर्देशन दिएका छन् ।

    महाधिवेशनको प्रक्रियालाई चाँडोभन्दा चाँडो अगाडि बढाउन पनि सभापति देउवाले निर्देशन दिएका छन् । र, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशन मंसिरभित्रै हुनुपर्ने सभापति देउवाले समितिलाई निर्देशन दिएका छन् । छलफलमा वरिष्ठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # महाधिवेशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology