Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१ नम्बरको गफाडी प्रधानमन्त्री भनेर गिनिज बुकमा ओली नाम लेखिन्छ : माधव नेपाल

१ नम्बरको गफाडी प्रधानमन्त्री भनेर गिनिज बुकमा ओली नाम लेखिन्छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • १९:५८:४२ बजे
  • 2.1K
    SHARES
  • १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर गिनिज बुकमा ओली नाम लेखिन्छ : माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन् ।

    images

    मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा उनले काम केही नगर्ने, झूठा बोल्ने र हसाउने काम गर्ने भन्दै गिनिज बुकमा ओलीको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताए ।

    उनलेभ भने, ‘गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिन्छ ।’ यसअघि अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने दावी गरेका थिए ।

    ओलीको त्यहीँ बोलीको काउन्टर गर्दै नेपालले ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिए । अध्यक्ष नेपालले एमालेमा विद्रोह गरेर निस्केपछि देशमा विद्रोहको राँको बालेको पनि दावी गरे ।

    अहिले त्यहीँ राँको लिएर लिएर देश दौडाहामा लागेको पनि उनले बताए। अहिले नेपालको राजनीतिक इतिहासमा विद्रोहको झिल्को बलेको उनको भनाइ छ। उनका अनुसार कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ।

    अध्यक्ष नेपालले आफूहरुले सदैव नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको पनि बताएका छन्। तर, एमाले ओलीको इशारामा चल्ने संस्थाजस्तो बनाइएको भन्दै ओली दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्ने नेता रहेको आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology