Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आर्यन खानको जमानतमा बुधबार सुनुवाई हुने

आर्यन खानको जमानतमा बुधबार सुनुवाई हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७८ मंगलवार • २०:३०:५४ बजे
  • 901
    SHARES
  • आर्यन खानको जमानतमा बुधबार सुनुवाई हुने

    एजेन्सी । अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत फेरि सरको छ । क्रुज ड्रग्स केसको कारण जेल पुगेका आर्यनको जमानत सम्बन्धी मुम्बई उच्च अदालतमा सुनुवाइ बुधबारसम्मका लागि स्थगित भएको छ।

    images

    यस मुद्दामा आर्यन खानको तर्फबाट पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगी छन्, भने अधिवक्ता सतीश मानसिन्दे र अमित देसाईले आर्यन खानको पक्षमा वकालत गरिरहेका छन् ।

    आर्यन खानलाई गत अक्टोबर ३ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले क्रुजमा रेभ पार्टी गरेको आरोपमा पक्राउ गरेको थियो । दुई पटक प्रयास गर्दा पनि आर्यनले जमानत पाउन सकेनन् ।

    अक्टोबर २० मा मुम्बईको एक विशेष अदालतले आर्यन खान र अन्य दुई आरोपीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो। जमानतको निवेदन खारेज गर्दै अदालतले आर्यन खानबाट कुनै पनि लागूऔषध बरामद नभएको भन्दै आर्यन खानलाई उनका साथी अरबाज मर्चेन्टले प्रतिबन्धित पदार्थ राखेको थाहा पाएको र उनी दुवै संगै भएकाले त्यसलाई पनि मानिने बताएको थियो ।

    अरबाज मर्चेन्टबाट ६ ग्राम चरस बरामद भएको छ । पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बम्बई हाई कोर्टमा आर्यन खानको बचाव गरेका छन्। वकिल सतीश मानसिन्दे र अमित देसाईले आर्यन खानको मुद्दालाई पहिलेबाट नै हेन्डल गरिरहेका छन्। यसअघि मुकुल रोहतगीले पनि आर्यन खानलाई समर्थन गरेका थिए ।

    उनले आर्यन खानलाई कैदमा राख्नुको कुनै आधार नभएको बताएका थिए । सेलिब्रेटी हुनको लागि आर्यन खानले ठूलो मूल्य चुकाउनुपरेको छ । यस मामिलामा एनसीबीले क्रुजबाट आर्यन खान, अरबाज मर्चेन्ट र मोडल मुनमुन धामिचासहित आठ जनालाई पक्राउ गरेको थियो ।

    यस मामिलामा हालसम्म २० जना पक्राउ परेका छन् । आर्यन खान र अन्य अभियुक्तहरू एनडीपीएस ऐन २०बी (खरीद), २७ (उपभोग), २८ (अपराध गर्ने प्रयास), २९ (उक्साहट र षड्यन्त्र) र ३५ (दोषपूर्ण मानसिक अवस्थाको अनुमान) को धारा ८ (सी) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # आर्यन खान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology