Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जागिर खोसिएका फ्लाइट एटेन्डेन्टहरुकाे युनिफर्म फुकालेर विरोध प्रदर्शन

जागिर खोसिएका फ्लाइट एटेन्डेन्टहरुकाे युनिफर्म फुकालेर विरोध प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • १०:०३:१५ बजे
  • 595
    SHARES
  • जागिर खोसिएका फ्लाइट एटेन्डेन्टहरुकाे युनिफर्म फुकालेर विरोध प्रदर्शन

    एजेन्सी । हाल सञ्चालनमा नरहेको इटालियन एयरलाइन्स एलिटालियाका दर्जनौं पूर्व महिला फ्लाइट एटेन्डेन्टहरुले मध्य रोमको सार्वजिनक स्थलमा युनिफर्म फुकालेर विरोध प्रदर्शन गरेका छन् ।

    images

    उनीहरुले भित्री वस्त्र मात्रै बाँकी रहने गरी पोशाक खोलेर विरोध प्रदर्शन गरेका हुन । लामो समयदेखि आर्थिक समस्यासँग जुध्दै आइरहेको तथा दशकौं लामो इतिहास बोकेको एलिटालिया एयरलायन्सले गत १४ अक्टोवरमा अन्तिम उडान भरेको थियो ।

    त्यसको भोलिपल्टदेखि नयाँ एयरलाइन आइटीएले एलिटालियाकै केही विमानसमेत प्रयोग गरेर उडान सुरु गरेको थियो ।

    आइटिएले एलिटालियाको ब्रान्डसमेत खरिद गरेको भए पनि त्यसका १० हजारमध्ये ३ हजार कर्मचारीलाई मात्र रोजगार दिएको थियो। आइटिएका अधिकारीहरूले अहिले काम गर्न नियुक्त गरिएका कर्मचारीहरूलाई चलनचल्तीभन्दा न्युन तलब दिइएको बताएका छन् ।

    रोमको क्यापिटलाइन हिलस्थित चोकमा लस्करै उभिएका करिब पचास जना फ्लाइट एटेन्डेन्टहरुले आफ्नो काँधमा झुण्ड्याएका कम्पनीको ब्याग बिस्तारै फुटपाथमा राख्दै क्रमशः ओभरकोट, युनिफर्म ज्याकेट र स्कट खोलिसकेपछि आफ्ना हाइहिल जुत्ता पनि फुकालेर भित्री वस्त्र मात्रै बाँकी राखेर विरोध प्रदर्शन गरेका थिए ।

    केहिबेर चुपचाप उभिएका प्रदर्शनकारीले एकैसाथ ‘हामी एलिटालिया हौं’ भन्दै चिच्याएका थिए ।

    आइटिएका अधिकारीहरूले जागिर गुमाउनेहरूलाई पाँच वर्षसम्म बोरोजगार सुविधा दिलाउन सरकारलाई दबाव दिँदै आएको सिएनएनले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फ्लाइट एटेन्डेन्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology