Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँ : प्रधानमन्त्री देउवा

प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँ : प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • ११:०४:५३ बजे
  • 592
    SHARES
  • प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनौँ : प्रधानमन्त्री देउवा

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्।

    images

    पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।

    महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए।

    जवाफमा देउवाले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’

    न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

    यो समाचार नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology