Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लाइसेन्सका लागि एकैदिन नौ लाखले आवेदन दिन लागे

लाइसेन्सका लागि एकैदिन नौ लाखले आवेदन दिन लागे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • ११:०७:०६ बजे
  • 652
    SHARES
  • लाइसेन्सका लागि एकैदिन नौ लाखले आवेदन दिन लागे

    यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ ।

    images

    ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

    यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताउनुभयो ।

    उहाँका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् ।

    सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

    विभागले गत भदौ ३० गतेबाट देशभरका २१ वटा यायातात कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको छ ।

    यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology