त्रिवेणी गाउँपालिका रुकुम, पश्चिमका लेखापाल हेमन्त के. सीले गरेको आर्थिक अनियमितता बारेमा गाउँपालिकाले एक प्रेस विज्ञप्ती मार्फत थप स्पष्ट पारेको छ ।
त्रिवेणी गाउँपालिकामा लेखापाल हेमन्त के. सीले आर्थिक अनियमितता र पदिय दुरुपयोग गरेका छन। यस प्रकारको तथ्यहरु बारे विस्तृत छानबीन एवम् कारबाही गर्न कार्यपालिकालाई कानुनीअधिकार नभएकोले अधिकार प्राप्त निकायलाई यस बारे सुचित गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिम्मेवारी प्राप्त निकाय जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आवश्यक कागजात नियन्त्रणमा लिई विस्तृत छानबीन र अनुसन्धान गर्दै छ । यस बारेमा अन्तिम निर्णय लिने जिम्मेवारी कानुनत, अख्तियार प्राप्त निकायको भएको हुनाले गाउँपालिकाले पनि सोही अनुसारको छानबीन, अनुसन्धान र कारबाहीको लागि पुर्ण रुपमा सहयोग गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
गल्ती गर्ने जो कोहीलाई पनि नछोड्ने अठोटका साथ गाउँपालिकाले केही समय पहिले पनि लेखाशाखामा कार्यरत करार कर्मचारी सुवास के. सी लाई समेत हताउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको जनाएको छ ।
त्रिवेणी गाउँपालिकामा पदिय आचारण विपरीत कृयाकलाप गर्ने जो कोहीलाई नछोड्ने र जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्ध प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
गाउँपालिकाको अध्यक्ष झक्कु प्रसाद घर्ती द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोस ।
