Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुनावपछि एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्छ : माधव नेपाल

चुनावपछि एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७८ बुधवार • १९:१०:१८ बजे
  • 730
    SHARES
  • चुनावपछि एमालेलाई ‘टर्च बालेर’ खोज्नुपर्छ : माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा (एमाले)लाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

    images

    बुधबार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए ।

    मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी एकीकृत समाजवादी भएको दाबी गरे । सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए ।

    सिधा÷सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए ।

    कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन् ? भनेर प्रश्न समेत गरे ।

    देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाका लागि दिनरात लागेको स्मरण गरे । कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’

    जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology