Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजेन्द्र पाण्डे आज बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै

राजेन्द्र पाण्डे आज बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७८ बिहिवार • ०९:४२:२५ बजे
  • 628
    SHARES
  • राजेन्द्र पाण्डे आज बाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै

    बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बन्ने भएका छन् ।

    images

    नेकपा एमालीबाट मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले दाबी गर्ने भएका हुन् ।

    बुधबारै प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम नयाँ सरकार गठनका लागि आज (बिहीबार) दिउँसो ३ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

    चार दलीय गठबन्धनबीच पाण्डेलाई नै मुख्यमन्त्री बनाउने सहमति भइसकेको छ । सोहीबमोजिम नेता पाण्डेले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीका सांसदहरुको समर्थनमा बुधबार नै प्रदेश प्रमुखसमक्ष आफ्नो बहुमत दाबी पेस गरिसकेका छन् ।

    उनलाई आजै मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाउने प्रदेश प्रमुखको तयारी रहेको बताइएको छ ।

    स्रोतका अनुसार मुख्यमन्त्रीमा पाण्डे र अन्य गठबन्धन दलबाट भागबण्डाका आधारमा एक÷एक जनाले मन्त्री पदका लागि आजै शपथग्रहण गर्ने तयारी रहेको छ ।

    हाल १०९ सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतका लागि ५५ सांसदको समर्थन चाहिन्छ । मुख्यमन्त्रीका दाबेदार पाण्डेको पक्षमा ५९ सांसद रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology