Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यसकारण चाहन्छन् ओली ‘सर्वसम्मत नेतृत्व

यसकारण चाहन्छन् ओली ‘सर्वसम्मत नेतृत्व

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७८ बिहिवार • १०:५८:०५ बजे
  • 562
    SHARES
  • यसकारण चाहन्छन् ओली ‘सर्वसम्मत नेतृत्व

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ।

    images

    स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै पार्टी कमिटीलाई एकजुट र मजबुत बनाएर निर्वाचनमा होमिने तयारीस्वरुप वडासँगै पालिका तहको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।

    एमालेको दसाैँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ। वडा र पालिका अधिवेशनदेखि नै सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाएर केन्द्रीय महाधिवेशनबाट पनि सर्वसम्मत पदाधिकारी चयन गरी पार्टी एक भएको सन्देश दिन चाहन्छ एमाले।

    पार्टीका सबै कमिटीमा सर्वसम्मत नेतृत्व छान्ने र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि यही अभ्यास गर्ने योजना उसको छ। ‘पार्टी विभाजन भएको अवस्था छ।

    अहिले पनि पार्टीभित्र गुटबन्दी छ भन्ने बुझाइ छ। तर, त्यस्तो होइन भन्न सबै तहको नेतृत्व सर्वसम्मत होस् भन्ने केन्द्रीय नेतृत्वको चाहना छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने।

    ती सदस्यका अनुसार पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा पर्न नदिन र पार्टीमा गुटबन्दी छैन भन्न पनि पालिका तहमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइएको हो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology