Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७८ बिहिवार • ११:३३:३४ बजे
  • 877
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने

    करिब ४ वर्षपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुने भएको छ । देउवा र मोदीबीच संयुक्त अधिराज्य स्कटल्यान्डको ग्लास्गो सहरमा भेट हुन लागेको हो ।

    images

    जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुनेछ ।

    उहाँहरुबीच सम्भवत कात्तिकको १५ वा १६ गते भेट हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । साइडलाइन वार्ताका लागि नेपालले गरेको प्रस्तावलाई भारतले स्वीकार गरेपछि उहाँहरुबीच भेट हुने पक्का भएको हो ।

    देउवा मोदी भेटवार्तामा नेपाल भारतको सम्बन्ध सुधारको प्रयासका बारेमा कुराकानी हुने अनुमान गरिएको छ । देउवा मोदी भेट पछिल्लो पटक २०७४ सालमा भएको थियो । पाँचौँ पटक प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण बेलायत जुरेको देउवाले त्यसक्रममा मोदीसँगको सम्बन्ध सुधार गर्ने मौका पनि जुरेको छ ।

    पछिल्लो पटक देउवा प्रधानमन्त्रीमा नियुक्त हुँदा छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीले बधाइ दिएका थिएनन् । यसले पनि देउवा मोदीको सम्बन्ध विगत झैँ नभएको अनुमान गर्न सकिन्छ । मोदीले देउवा प्रधानमन्त्री नियुक्त भएर करिब १ महिनापछि विस्वासको मत लिए पश्चात मात्रै बधाइ सन्देश पठाएका थिए ।

    त्यस्तै यसअघि केपी शर्मा ओलीले कालापानीसहितको नक्सा जारी गर्दा र भारतको आलोचना गर्दा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेताको हैसियतमा ओलीको बिरोध नगरेका कारण मोदी देउवा सम्बन्धमा असर पुरेको जानकारहरु बताउँछन् । विगतमा नेपालका प्रधानमन्त्रीहरु नियुक्त हुने बित्तिकै भारत भ्रमणमा जाने गरेका थिए । तर देउवाले यो पटक भारतको भ्रमण गर्नुभएको थिएन ।

    प्रधानमन्त्री देउवा पनि मोदीसँग भेटवार्ता गर्ने मनस्थितीमा रहेको काँग्रेस निकट नेताहरुको भनाइ छ । आगामी काँग्रेस महाधिवेशनबाट पुन: सभापतिमा आउने उदेश्य रहेकाले अप्रत्यक्ष सहयोगका लागि देउवा मोदीसँग सम्बन्ध सुमुधर बनाउन चाहेको बताइन्छ ।

    त्यसैका लागि केहीदिन अघि नेपाली काँग्रेसको प्रतिनिधिमण्डल भारत भ्रमण र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमण गरेको काँग्रसकै एक पक्षको भनाइ छ । तर त्यो वार्ता र भेटले सम्बन्ध सुधार नभएकाले देउवा आँफैले मोदीसँग भेटवार्ता गर्न लागेको स्रोतको भनाइ छ ।

    देउवाले यूएनको ७६ औं महासभा र असंलग्न अभियानको ६० औं वर्षको उपलक्ष्यमा सर्बियामा आयोजित कार्यक्रममा भने नजाने निर्णय गर्नुभएको थियो । कोप–२६ यही कात्तिक १२ देखि २६ गतेसम्म हुँदैछ। तर प्रधानमन्त्री देउवाले भने १३ गते देखि १७ गतेसम्म मात्रै कार्यक्रममा रहनुहुनेछ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology