Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाँच दलीय गठबन्धन चुनावसम्मै कायम: माधव नेपाल

पाँच दलीय गठबन्धन चुनावसम्मै कायम: माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०७८ बिहिवार • ११:३७:०१ बजे
  • 829
    SHARES
  • पाँच दलीय गठबन्धन चुनावसम्मै कायम:  माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै कायम राखिने बताएका छन् ।

    images

    धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरु पार्टीसँग तालमेल गरिने बताए ।

    उनले पार्टीहरुसँग चुनावी सहकार्य हुने पनि बताए । तर, पार्टीले तत्काल कसैसँग एकता भने नगर्ने अध्यक्ष नेपालले बताए । उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बनाउन सफल भएको पनि बताए । जनताले आफूहरुको पार्टीलाई माया गरेको पनि उनको भनाइ थियो ।

    फरक प्रसंगमा नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताए ।

    आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, “हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु ।

    हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।” केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए ।

    नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology