Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लसुन र महको फाइदा

लसुन र मह मिलाएर खाए स्वास्थ्यका लागि अमृत समान

लसुन र मह मिलाएर खाए स्वास्थ्यका लागि अमृत समान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • ०५:३४:०१ बजे
  • 1.8K
    SHARES
  • लसुन र मह मिलाएर खाए स्वास्थ्यका लागि अमृत समान
    लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पुर्‍याइरहेको हुन्छ ।
    बनाउने तरिका
    दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।
    लसुन र महको महत्व
    लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको ‘पेस्ट' सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।
    रुघाखोकीमा फाइदा
    लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ ।
    मुटुका लागि फाइदा
    लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।
    पाचनक्रियामा लाभ
    -यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।
    - लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर'को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।
    पखालाबाट छुटकारा
    यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृत' हुनसक्छ । यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ ।
    घाँटीको इन्फेक्सनमा फाइदा
    लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।
    -एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology