प्रतिनिधि सभाको बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । संसदको अर्को बैठक कात्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजकाे बैठकमा पनि अवरोध गरेकाे छ ।
संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्।
सभामुख अग्नीप्रसाद सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले संसद सञ्चालन गर्न सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएकाे थियाे।
एमालेकाे अवारेधका बीच सभामुख सापकाेटाले राष्ट्रपति कार्यालयबाट प्राप्त उद्योग मन्त्रीले राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको पत्र पढेर सुनाउनुभएकाे थियाे ।
बैठकमा एमालेकाे अवराेध कायम रहेपछि सापकाेटाले अर्काे बैठक कात्तिक २९ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गर्नुभयाे ।