Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेमा अध्यक्षका लागि ओली र भुसालको प्रतिस्पर्धा हुने

एमालेमा अध्यक्षका लागि ओली र भुसालको प्रतिस्पर्धा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७८ शुक्रवार • १०:०७:१७ बजे
  • 3.7K
    SHARES
  • एमालेमा अध्यक्षका लागि ओली र भुसालको प्रतिस्पर्धा हुने

    प्रमुख प्रतिपक्षी नेकपा एमाले १०औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ ।

    images

    नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ ।

    विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ । तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी भएको व्याख्या विशेषतः ओलीकै लागि हो ।

    यद्यपि अध्यक्ष ओलीले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा अझै गरेका छैनन् । तर, उनीनिकटका नेताहरू आगामी महाधिवेशनमा ‘ओलीको विकल्प ओली’ नै भएको बताउँछन् ।

    एमालेको तल्लो कमिटीका अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुन सक्छन् ।

    उनलाई पराजित गर्न सक्नेगरी अन्य नेतासँग हैसियत पुग्दैन् । तर, उपमहासचिव घनश्याम भुसाल सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् । एमालेभित्र रहेको १० भाइ अर्थात् तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदैछन् ।

    विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् । ‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् ।

    अहिलेको पदाधिकारीमध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य रहेको छु’ उपमहासचिव भुसालले भने ।

    समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology